स्टेचरमै बाटोमा सुत्केरी सेवा, घरमै पुगेर सुत्केरी आमा र शिशुको नियमित चेकजाँच
टेक बहादुर बुढा— बाजुराको गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढालाई सुत्केरी व्यथा लागेपछि आफन्तले स्वास्थ्य चौकीतर्फ लगे। लगातार वर्षा र दुर्गम बाटाका कारण नक्राडा आधारभूत स्वास्थ्य केन्द्र पुग्न अझै करिब ४० मिनेट लाग्ने अवस्था थियो। घरबाट हिँडेको करिब आधा घण्टामै उनको सुत्केरी व्यथा अत्यधिक बढ्यो। बच्चाको टाउको निस्किसकेको अवस्थामा उनलाई बोकेर लैजान सम्भव भएन। आफन्तले बाटोमै स्टेचरमा राखेर स्वास्थ्यकर्मी...