गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता
बाजुरा– गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेकाे छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएकाे हाे । गाउँपालिकाले यस वर्षको बजेट मार्फत अधुरा तथा क्रमागत योजनालाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले जनाएकाे छ […]