बुधबार, असार ३१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आजदेखि भरी सिलिण्डर ग्यास पाइने

आजदेखि भरी सिलिण्डर ग्यास पाइने

  • बुधबार, असार ३१, २०८३
सेयर गर्नुहोस् :
आजदेखि भरी सिलिण्डर ग्यास पाइने

आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ ।

१४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

083.03.30_page-0001_Zosvl6rXro

चर्चामा

सम्बन्धित समाचार