सुदूरपश्चिममा आइरन चक्की अभाव
नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको ९८ प्रकारका औषधिहरूमध्ये ‘आइरन चक्की’ सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थामा अभाव भएको छ। डोटी, अछाम, बाजुरा, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीमा चक्की नहुँदा गर्भवती महिला निराश भएर फर्किन थालेका छन्। डोटीका जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीका अनुसार केन्द्रबाट बजेट नआएकाले औषधि खरिद रोकिएको हो। “हामीले सबै […]