
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्।
भ्यानकुभर एंकर्सले आधिकारिक रूपमा दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको घोषणा गर्दै उनको आक्रामक खेल कौशल र जादुमयी प्रदर्शनका लागि टिम तयार रहेको जनाएको छ।
क्यानडा सुपर ६० आगामी २०२६ को सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो बलियो छाप छोड्दै आएका दीपेन्द्रको यो आबद्धताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह थपेको छ।


