बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गसिप
  • तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो सहित )

तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो सहित )

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो सहित )

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो  सार्वजनिक गरेका छन्।  रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने यसको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्।

‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा निर्माण गरिएको गीतको म्युजिक भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको  छ।
भिडिओमा सुरेश र रेहाले नै श्रीमान–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित भएर भिडियो निर्माण गरिएको बताइएको छ। विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ।

छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्याललगायतको टोलीले काम गरेको छ।  उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे सुरेश बस्नेतले भने, “यो प्रोजेक्ट हामीले आर्थिक लाभका लागि होइन, गीतसंगीतप्रतिको लगावका कारण दर्शकमाझ ल्याएका हौं।”  व्यस्त चिकित्सकीय पेशामा रहे पनि उनीहरूले संगीत यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार