मेरो पनि पहिचान हुनेछ। (कबिता)
जिन्दगीका हिँडाइका थकानहरू बिसाउन, चौतारी बनाउँछु, अनि पीपल रोपाउँछु। थाकेका यात्रु झैँ म पनि एक दिन, त्यहीँ बसी आफ्नै कथा सुनाउँछु। अनन्त आकाशझैँ छ मेरा सपना, सीमाहीन उडानका चाहनाहरू। तारा गनेर बित्छन् रातहरू मेरा, आशाका बल्दा ती साना दियाहरू। मान हुनेछ, सम्मान हुनेछ, मेरो पनि एक दिन पहिचान हुनेछ। आज एक्लो छु, संघर्षको भीडमा, […]