सोमवार, साउन ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • घरको छतबाट खसेर एक युवक घाइते

घरको छतबाट खसेर एक युवक घाइते

  • सोमवार, साउन ११, २०८३
सेयर गर्नुहोस् :
घरको छतबाट खसेर एक युवक घाइते

धनगढी– कैलालीको धनगढीमा दुई तले घरको छतबाट खसेर एक युवक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज सोमवार बिहान करिब ४ः०० बजेको समयमा कैलालीको कैलारी गाउँपालिका २ घर भई धनगढी उपमहानगरपालिका वडा नं. ८ बुद्ध चोकस्थित डेरा गरी बस्ने २१ वर्षीय चन्द्र चौधरी छतबाट खसेर घाइते भएका हुन्।

घरको छतबाट अचानक खसेर चौधरीको टाउको, हात, खुट्टा र कम्मरमा गम्भीर चोट लागेको छ। घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याई उपचार जारी रहेको प्रहरीले जनाएको छ। चौधरी बेहोस अवस्थामा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार