चलचित्र संरक्षण मञ्चको अध्यक्षमा रखाल
काठमाडौँ — चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिवेशनबाट अध्यक्षमा पुनः टिकाराम रखाल मगर (रोजन) चुनिएका छन् । मंगलबार राजधानीको होटल हार्दिक बागबगारमा सम्पन्न मञ्चको निर्वाचनले मगरको नेतृत्वमा नयाँ कार्यसमति छानेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितीय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, […]