सोमवार, साउन ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुनसरी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

सुनसरी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

  • सोमवार, साउन ११, २०८३
सेयर गर्नुहोस् :
सुनसरी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ— सुनसरीमा भएको घटनाको छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसहित सुझाव पेश गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । आज बिहान गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार आज बेलुका ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । बैठकमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार