बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा न्यानो कपडा वितरण
टेक बहादुर बुढा, बाजुरा – बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नगरपालिकाका १० वटै वडाभित्रका २४ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको बुढिनन्दा नगरपालिका महिला विकास शाखा प्रमुख गंगा गिरीले बताएकी छन । २४ जना वृद्धवृद्धा,अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल वितरण गर्नुका साथै २४ जनालाई […]