शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • ईन्सेक बाजुराद्धारा संकलीत मानव अधिकार उल्लघन तथा घटनाबारे बार्षिक समिक्षा

ईन्सेक बाजुराद्धारा संकलीत मानव अधिकार उल्लघन तथा घटनाबारे बार्षिक समिक्षा

  • बुधबार, पुस १३, २०७९
ईन्सेक बाजुराद्धारा संकलीत मानव अधिकार उल्लघन तथा घटनाबारे बार्षिक समिक्षा

बाजुरा — ईन्सेक बाजुराले ईन्सेकद्धारा संकलति मानव अधिकार उल्लघन तथा घटनाबारे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ को पूर्व समिक्षा गोष्ठी बाजुरामा सम्पन्न गरेको हो । इन्सेक बाजुराले बाजुरा जिल्लामा एक बर्षमा ४५ ओटा घरेलु हिंसाका घटना घटेको तथ्याङ्क सार्बजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको बर्ष पुस्तक २०२३ को पूर्व समिक्षा गोष्ठीको आयोजना गरि जिल्लामा भएका घटनाहरुबारे सार्बजनिक गरेको हो ।

बाजुरामा ४५ घरेलु हिंसा सम्बन्धि हिंसाका घटनाहरु इन्सेकले अभिलेख गरेको इन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिंहले बताएका छन । इन्सेकले अभिलेखी करण गरेका जर्बजस्ती करणी तथा जर्बजस्ती करणी उद्योग सम्बन्धिका १५ ओटा घटना मध्ये केही कीनारा लागेको तथ्याकं सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय तथा त्यस मातहतका कार्यलयहरुमा निबेदन गरेका घरेलु हिंसा तथा लैङ्गीक हिंसा सम्वन्धि अधिकांश घटनामा मिलापत्र गराएको तथ्याङकमा उल्लेख गरिएको छ ।
त्यसै गरी जवरजस्ती करणी १२ ओटा, जवरजस्ती करणी उद्योगका ३ ओटा, जातिय छुवाछुतका २ ओटा, प्रहरीको गोली लागेर १ र बहुबिबाहका ४ ओटा घटना भएको ईन्सेक बाजुराले सार्बजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संञ्चान गरेको भएपनि हिंसाका घटनाहरुमा कमी नआएको मानव अधिकार बर्ष पुस्तक २०२३ को पुर्व प्रतिबेदनमा उल्लेख गरिएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिगत लामो समय देखि मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल रहदै आएको छ । मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरु सङकलन गरी ती घटनाहरुको अभिलेखिकरण गर्ने र सरोकारवालाहरुका बिचमा सार्वजनिक गर्ने कार्य गर्दै आएको ईन्सेकले एक कार्यक्रमका बिच समिक्षा गोष्टीको आयोजना गरी बाजुरा जिल्लामा घटेका घटनाहरुको सार्बजनिक गरेको छ ।
बार्षिक समिक्षा मार्फत नेपाल मानब अधिकार बर्ष पुस्तक २०२३ को लागि संकलिक (१ जनवरी २०२२ देखि २०२२ डिसेम्वरसम्म) इन्सेक प्रतिनिधिद्धारा बाजुरा जिल्लामा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरुको सार्वजनिक गर्नुको साथै जिल्लाको समग्र मानवअधिकारको अवस्थाका बारेमा इन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिंहले प्रतिबेदन सार्बजनिक गरेका थिए ।
प्रतिनिधि र प्रदेश सभा निर्बाचन २०७९ मंसिर ४ गते भएको निर्बाचनमा त्रिबेणी नगरपालिका ७ मा भएको घटनालाई इन्सेकको केन्द्रिय टोली बाजुरा पुगेर घटनाको सत्यतथ्य बुझेर प्रतिबेदन तयरीको अन्तिम चरणमा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टको आथित्यमा सो कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा संचालन गरिएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख गैर सरकारी संस्थाका प्रतिनिधी पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार