बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा न्यानो कपडा वितरण

बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा न्यानो कपडा वितरण

  • सोमवार, माघ २३, २०७९
बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा  न्यानो कपडा वितरण

टेक बहादुर बुढा, बाजुरा –  बुढिनन्दा नगरपालिका महिला विकास शाखाद्धारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

नगरपालिकाका १० वटै वडाभित्रका २४ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको बुढिनन्दा नगरपालिका महिला विकास शाखा प्रमुख गंगा गिरीले बताएकी छन । २४ जना वृद्धवृद्धा,अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल वितरण गर्नुका साथै २४ जनालाई जनही ५ सय आवतजावत खर्च पनि दिइएकोे नगरपालिका महिला विकास शाखा प्रमुख गिरीले बताइन ।

नगरपालिका भित्र रहेका वृद्धवृद्धा,अपाङ्ग,असाहय तथा जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन र उनिहरुकाे जीवन रक्षाका लागि न्यानो कपडा वितरण गरेको नगर प्रमुख जनक कुमार बोहोराले बताएका छन ।

चिसोको समयमा न्यानो कपडा पाएपछि त्याँहाका जेष्ठ नागरिक, अशक्त र असाहयहरु खुसी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार