बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भुकम्प अपडेट: पच्चिस घर भत्कीए, एकको मृत्यु एक घाइते

बाजुरामा भुकम्प अपडेट: पच्चिस घर भत्कीए, एकको मृत्यु एक घाइते

  • मङ्लबार, माघ १०, २०७९
बाजुरामा भुकम्प अपडेट: पच्चिस घर भत्कीए, एकको मृत्यु एक घाइते

बाजुरा — बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका बाजुरा जिल्लाका बिभिन्न ठाउँमा गरी २५ घर भत्किएको जानकारी प्राप्त भएको छ । भुकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ । मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानियले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन । थापाले भने स्थानियले दिएको जानकारी अनुसार अपुस्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछ मात्र जानकारी हुने उनले बताएका छन ।
त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५० देखी ६० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानियले बताएका छन । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन ।
खप्तड छेडेदह वडा नः ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारकाे घर बस्ने  भत्किएकाे जानकारी प्राप्त भएकाे छ । त्यसै गरी मष्टेश्वरी मा विकाे भवन भत्केको गाउँपालिकाले जनाएको छ । साेही गाउँपालिका  ४ का कल्चु सार्की र गाेपाल दमाई का घर भत्किएको वडा अध्यक्ष दल रावतले बताएका छन थप विवरण आउन बाकी रहेकाे गाउँपालिपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार