शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोल्टीमा दाेस्राे पटक जटिलखाले गर्भवती महिलाको सफल शल्यक्रिया

कोल्टीमा दाेस्राे पटक जटिलखाले गर्भवती महिलाको सफल शल्यक्रिया

  • मङ्लबार, माघ २४, २०७९
कोल्टीमा दाेस्राे पटक जटिलखाले गर्भवती महिलाको सफल शल्यक्रिया

बाजुरा–बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दोस्रो पटक जटिलखाले गर्भवती आमाको सफल शल्यक्रिया गरेको छ । बुढीनन्दा नगरपालिका ३ बस्ने ३० बर्षकी थुङ्चि लोहारको सफल शल्यक्रिया गरेको स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बडीमालिका खबरलाइ बताएका छन् ।
थुङ्चि सुत्केरी ब्यथा लाग्ने बित्तिकै प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सुत्केरी सेवा लिन आएकि थिइन । थुङ्ची लोहारको भिडियो एक्सरे मार्फत चेकजाँच गर्दा बच्चा उल्टो रहेको र प्रि–इक्लाम्सिया भएको चिकित्सकले वताएका थिए । थुङ्चिको चेक जाँच गर्दा उच्चरक्तचाप, खुट्टाहरु सुन्निएको, स्वाश फेर्न कठिनाइ भैरहेको जस्ता लक्षण÷चिन्हहरु रहेका थिए । उनको अबस्था निकै जटिल रहेको थियो ।
उनको ३४ हप्ताको गर्भ भएको थियो । उल्टो बच्चा भएको र प्रीइक्लाम्सिया समेत भएकाले चिकित्सकले सुबिधा सम्पन्न अस्पतालमा रिफर गरेको थियो । थुङ्चि परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले अन्यत्र जान नसक्ने वताएको थियो । अन्यत्र लिन पैसा नहुदा गर्भवती आमाको शल्यक्रिया गर्ने अनुमति लिएको थियो ।
अनुमति पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एमडिजिपि डा.रन्जित शाह र स्त्री रोग बिशेषज्ञ डा.सोनम गुरुङको टिमले सफल सल्यक्रीया द्वारा बच्चा निकालियका थियो । थुङ्चिको चौथो सन्तानको रुपमा २.३ केजि को छोरा जन्मिएको स्वास्थ्य केन्द्रले वताएको छ । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य स्वास्थ्य संयोजक शाहीले वताए । अन्यन्त्र लिन पैसा नहुदा ढिलो गरि सुबिधा सम्पन्न अस्पतालमा पुयाउदा आमाको अबस्था निकै जोखिम हुने भएकाले परिवारको सहमतिमा बाध्य भएर अप्रेसन गरेको चिकित्सकले वताएका छन् ।
त्यस्तै एक महिना पहिला बुढिनन्दा नगरपालिका ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको थियो । टाउको पेटमै खुट्टा अगाडि निस्केपछि थियो । उनको पनि सहजै सफल शल्यक्रिया गरेको थियो ।
यस्तो जटिल केशमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अफ्ठ्यारो परिस्थितमिा सफल अप्रेसन गरेको स्वास्थ्य संयोजन ओमजङ्ग शाहीले वताए । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पहिलो पटक बिशषेज्ञ सेवा सञचालन गरिएको छ । स्वास्थ्य केन्द्र दुई जना बिशेषज्ञ चिकित्सकको व्यबस्थापन सँगै सेवा सञ्चालनमा ल्याएको नगरप्रमुख जनक कुमार बोहराले वताएका छन् ।
स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङ र एमडीजिपि डा.रन्जित शाहले सेवा दिइरहेका छन् । पालिकाको पहलमा स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङलाइ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र एमडीजिपि डा.रन्जित शाहलाइ स्वास्थ्य मन्त्रालयले पठाएको थियो । पहाडि तथा हिमाली जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रको हकमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ सेवा पहिलो रहेको छ ।
नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मीक प्रसुती सेवा सँगै बिशेषज्ञ सेवा सञ्चालन भएको छ । दुबै जना चिकित्सलाइ पालिका बाट पनि सहयोग गरिएको छ । कोल्टि क्षेत्रका बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको बुढीन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार