मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बढी भाडा लिने सवारी साधनलाई भाडा फिर्ता गराइयाे

बढी भाडा लिने सवारी साधनलाई भाडा फिर्ता गराइयाे

  • शनिबार, पुस २३, २०७९
बढी भाडा लिने सवारी साधनलाई भाडा फिर्ता गराइयाे

बाजुरा — बाजुरा जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा फेर्ता गराएकाे छ । मिति २०७९।०९।२० गते सार्वजनिक गरिएको भाडादर पुर्णरुपमा कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न स्थानहरुमा आस्कमिक चेकजाँच गर्ने क्रममा  सवारी साधनहरुले बढी भाडा लिईएको पाईएकोले फेर्ता गराएकाे हाे । तोकिएको भाडादर भन्दा बढी लिएको रकम यात्रुहरुलाई फिर्ता गर्न लगाईएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पहिलो पटकलाई सम्झाई बुझाई गरी छोडिएको र दाेस्राे पटक यस्ताे गरेकाे पाइएमा कार्वाही समेत गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

कोल्टी देखि मार्तडी  जादै गरेको सु.प्र.प्र.०१ ज.११८२ नं.को जिपले ११ जना यात्रुबाट प्रति व्यक्तिबाट रु १ हजार २ सय का दरले भाड लिएकोमा रु.४ सय ४४ प्रति व्यक्तिलाई फिर्ता गराईएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । त्यसै गरी  मार्तडी देखि कोल्टी जाँदै गरेको म.१.ज.३२७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.एक हजार का दरले भाड लिएकोमा रु.२ सय ४४ प्रति व्यक्तिलाई फिर्ता गराईएको  र   सु.प्र.प्र.००१ज.१२१७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु. एक हजार का दरले भाड लिएकोमा रु.२४४  प्रति व्यक्तिलाई फिर्ता गराईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार