शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भवन जोखिम बनेपछि हिउँमाथि पढाइ सञ्चालन

भवन जोखिम बनेपछि हिउँमाथि पढाइ सञ्चालन

  • आइतवार, माघ १५, २०७९
भवन जोखिम बनेपछि हिउँमाथि पढाइ सञ्चालन

बाजुरा–बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकाहरुलाई हिउँमाथि पढाइ सञ्चालन गर्दै आएको छ । हिउँ परेको दिनमा भने बिद्यालय बन्द गर्ने गरेका छन् ।
माघ १० गते बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भुकम्पले बिद्यालयको भवन चिराचिरा परेपछि बिद्यालय जोखिममा रहेको बिद्यालयका शिक्षक इन्द्र बहादुर शाहीले वातएका छन् ।
जीर्ण बन्दै गएको विद्यालयको भवन भुकम्पले भत्किने होकी भन्ने डरमा चिसो भएपनि शिक्षकले बाबालिकाहरुलाई अहिले हिउँमाथि बसालेर पढाइ गर्न थालेको वताएका छन् । बिद्यालयका प्रअ तुला बहादुर रातवतले भने विद्यालय भित्र बस्दा भुकम्पको डर लाग्ने गरेकोले चिसो भएपनि बाहिर हिउँमाथि बसेर पढाइ गर्दै आएको वताए । तिन दिन सम्म लगातार हिमपात भयो, हिउँ बिलाएको छैन् । चिसो अति छ तै पनि भुकम्पको डरले चिसो भएपनि हिउँमै बसेर पढाउनु परेको रावतले वताए ।
विद्यालयको भवन धेरै पुरानो भएको छ । भुकम्पले पटक पटक झट्का दिर्दै आएको छ । कती बेला विद्यालय भत्किएर बालबालिका चेपिन्छन की भन्ने डरले घाम लागेको समयमा बाहिर बाक्लो हिउँ भएपनि विद्यार्थीहरुलाई त्यसै माथि बेन्च राखेर पढाउँदै अभिभाबक दिल बहादुर भोटे थापाले वताए । यो बिद्यालयमा भोटे जनजातिका बालवालिका अध्यनरत रहेका छन् ।
जनजाति समुदाय मौसमी बसाइसर्ने भएकाले यो बिद्यालयलाई आवासीय बिद्यालयमा रुपमा सञ्चालनमा ल्याएको छ । हिउँदको समयमा परिवार सँगै बालवालिका बेशी झर्ने भएकाले बिद्यालयलाइ आवासीय बिद्यालय बनाएर पढाइ सञ्चालन गरेको बुढिनन्दा नगरपालिकाले वताएका छ ।
बिद्यालयमा आवासीयका रुपमा ६० जना विद्यार्थीहरु विद्यालयमै बस्ने गरेका छन् । अन्य बिद्यार्थी घरबाटै आउँछन् । बिद्यालयमा १ सय १२ जना विद्यार्थीहरु अध्यनरत रहेका छन् । आवासीय रुपमा बस्ने बिद्यार्थीको खान बस्नको ब्यबस्थापन अभिभाबकले गर्ने गरेका छन् । घरका अभिभाबक भेडा लिएर अछाम तिर बसाइ सरेपछि वालवालिकालाई बिद्यालय छोडेर आएका छन् ।
६ महिना सम्म एक बिद्यार्थी बराबर अभिभाबकले ५० केजी चामल, ८ केजी दाल, ५ केजी तरकारी, ३ पोका नुन, ४ पोका तेल बिद्यालयमा दिने गरेका छन् । हिउँदमा हिउँ परेपछि बाजुराका हिमाली भेगका अधिकाशं विद्यालयलमा सधै यसरी नै विद्यालय सञ्चालन हुने गरेका छन् । बडीमालिका नगरपालिका ७ मा रहेको सरस्वती आधारभुत बिद्यालयमा पनि हिउँ माथि पढाइ सञ्चालन हुने गरेको छ ।
हिमाली भेगका अधिकाशं विद्यालय हिउँदमा सधै खाली हुन्छन् । स्थानीयको भेडाबाख्रा पालन व्यवसाय भएकोले छोराछोरी पनि उनीहरु सँगै जाने गरेकोले हिउँदमा विद्यालय खाली हुने गरेका हुन् । बाजुरा हुम्लाका उच्च भागका बिद्यालयमा मौसमी बसाइसराइले पठनपाठनमा समस्या हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार