आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कोल्टिमा ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालन

बाजुराको कोल्टिमा ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालन

  • शनिबार, पुस २, २०७९
बाजुराको कोल्टिमा ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालन

बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ४ बर्ष पछि आकस्मिक प्रसुति सेवा सञ्चालनमा आएको छ । परिवार स्वास्थ्य महासाखा बाट सेवा सञ्चालनका लागि चार बर्ष देखी बजेट बिनियोजन भएपनि सेवा सञ्चालन हुन सकेको थिएन् ।
प्रत्येक बर्ष आएको बजेट फिर्ता हुदै आएको थियो, यो आर्थिक बर्षमा भने सेवा सञ्चालन भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओम्म जङ्ग शाहीले वताएका छन् । अब सेवा नियमित सञ्चालन गर्ने शाहीले वताए ।
शनिवार बिहान बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने अस्मिता बिकको आकस्मिक प्रसुति सेवा अर्थात अप्रेसन मार्फत सुत्केरी गराएको छ । अप्रेसन पछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको र सेवा पनि सफल भएको संयोजक शाहीले वताएका छन् ।
सामान्य प्रसुती नहुने भएपछि आमाको अप्रेसन गरेर सुत्केरी गराएको थियो । अस्मिताका श्रीमान अशोक बिकले भने यहाँ सेवा सञ्चालन नभएको भए जिल्ला बाहिर लिनुपर्ने थियो, यतै सेवा पाउदा जिल्ला बाहिर लिनुपर्ने बाध्यता टरेको वताए । अस्मितालाइ अप्रेसन मार्फत स्त्री रोग बिशेषज्ञ डा. सोनाम गुरुङ, मेडिकल अधिकृत डा. चेत बहादुर धामि, एनेथेसिया लालबाबु यादब, नर्स भगवती रावल लगायत स्वास्थ्यकर्मीको टोलिले सेवा दिएको थियो ।
स्वास्थ्य केन्द्रमा तिन दिन पहिला मात्र स्त्री रोग बिशेषज्ञ डा. सोनाम गुरुङ र ओटी नर्स भगवती रावलको व्यबस्थापन पछि ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालनमा आएको नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् । डा. सोनामा स्त्री रोग बिशेषज्ञ चिकित्सक पनि हुन् ।
यो आर्थिक बर्षमा सेवा सञ्चालनका लागि नगरपालिकाले ५० लाख र परिवार स्वास्थ्य महाशाखा बाट ७ लाख गरि ५७ लाख रहेको थियो । सेवा सञ्चालनका लागि लामो प्रयास पछि सेवा सुचारु भएको नगरप्रमुख बोहोराले बताएका थिए ।
बिगतमा चिकित्सकको ब्यबस्थापन भएपनि अन्य ब्यबस्थापन नहुदा सेवा सुचारु हुन नसकेको बुढिनन्दा नगरपालिकाले वताएको छ । अहिले स्वास्थ्यकर्मी सँगै अन्य ब्यबस्थापन भएपछि सेवा नियमित भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ ।
२०७८ साल जेठ देखी मंसिर सम्म डा. अशोक प्रसाद खनाललाई नियुक्ति गरेको थियो । खनाललाई मासिक २ लाखले तलब दिएको भएपनि सेवा सञ्चालन नआएर तलब खाएर फिर्ता भएका थिए । २०७९ साल असार महिनामा डा. प्रणन नेपाललाई १ महिनाका लागि नियुक्ति भएपनि अन्य ब्यबस्थापन नहुदा उनि फिर्ता भएका थिए ।
सेवा सञ्चालनका लागि एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ । सेवा सञ्चालन नआउदा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जटिल खाले गर्भवती महिलालाइ रिफर गर्दै आएको थियो ।
बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो । सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति परदै आएको स्थानिय गोरख सार्कीले वताएका छन् । अब यो समस्या टर्ने भएको छ, सेवा नियमित हुनुपर्ने सार्कीले वताए ।

चर्चामा

सम्बन्धित समाचार