शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे काेल्टीमा परियोजना सकिए सँगै करोडौ खर्चेको जैतुन पनि सकियो

बाजुराकाे काेल्टीमा परियोजना सकिए सँगै करोडौ खर्चेको जैतुन पनि सकियो

  • शुक्रबार, माघ २०, २०७९
बाजुराकाे काेल्टीमा परियोजना सकिए सँगै करोडौ खर्चेको जैतुन पनि सकियो

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका २ जनप्रकाश माबिको मैदानमा करोडौ खर्च गरेको जैतुन अहिले अलपत्र अबस्थामा रहेको छ । जैतुनको परियोजना सकिएसँगै अहिले जैतुन पनि सकिएको छ ।
इटलियन सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सन् २०१६ मा सफल भएको भन्दै परियोजना सकिएको थियो । तर परियोजना सकिए सँगै जैतुन पनि सकिदै गएको छ । परियोजनाले स्थानिय सरकारलाइ हस्तान्तरण गरेको थियो । परियोजना सफल भएको भन्दै बाजुरा बाजुरामा जैतुन सम्भाबना रहेको भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित सँगै सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेका थियो ।
इटलियन सरकारले बाजुरा, डोल्पा र काठमाडौ परिक्षण गरेको थियो । सो परिक्षणका लागि १४ लाख युरो खर्च भएको थियो । त्यस मध्ये ५० प्रतिशत रकम बाजुरामा खर्च भएको थियो । बाजुरामा ७ लाख युरो खर्च भएको देखिन्छ, उक्त रकम नेपाली दर हेर्ने हो भने ९ करोड १९ लाख २४ हजार हुन आउछ । प्राबिधिक सहयोग इटलियीयाको तुसिया युनिभरसरलको प्राबिधिक सहयोग रहेको थियो ।
९ करोड बढी खर्च गरेको जैतुन अहिले बिरुवा सुकेर सकिसकेको छ भने अर्को जनप्रकाश माबिका बिद्यार्थीको शौच गर्ने ठाउँ बनिरहेको छ । परिक्षणका लागि कोल्टिमा लगाएको जैतुन ३.५ हेक्टर जमिनमा ६ सय ३६ बिरुवा रोपेका थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाईएको थियो । त्यो बेला २४ परजातिका बिरुवा फलेको तत्कालिन परियोजना अधिकृत जनेश भण्डारीले वताए । त्यस मध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जात जैतुन शिफारिस गरेको भण्डारीले वताएका छन् ।
सरकारले नेपालका १० जिल्लामा सम्भाबित जैतुन खेति हुने वताएको थियो । कर्णालीका ५ जिल्ला, सेतिका बाजुरा, बझाङ्ग, अछाम र भेरीका रुकुम र जाजरकोट रहेको वताएको छ । बिश्वमा महगो तेलका रुपमा चिनिने यो तेल नेपाली बजार प्रतिलिटर ३ हजार भन्दा माथि पर्ने गरेको छ । यो तेल बाट क्यान्सर र छालाको उपचार मा प्रयोग हुने गरेको स्वास्थय कर्मी बताउछन् । सामान्यतया यसको प्रयोग खान र शरिरमा खस्न समेत प्रयोग गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार