बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ

बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ

  • शनिबार, पुस २३, २०७९
बाजुराका २ जना १ किलो चरेससहित अछाममा  पक्राउ

अछाम–लागू औषध चरेस सहित बाजुरा घर भएका अछाममा २ जना पक्राउ परेका छन । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनिहरुलाइ पक्राउ गरेको हो ।

लागू औषध ओसारपसार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक दिलिप सिंह बिसिको कमान्डमा खटिएको प्रहरीको टोलिले ६० वर्षिया लाक्पा थापा र थोक दोर्जेकी ३५ वर्षिया श्रीमती धम्ब चेतो लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिस्टले बताए ।

बाजुराको बुढिनन्दा नगरपालिका स्थायी घर भइ हाल अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा व्यवशाय संचालन गरिरहेका उनिहरुलाई अछाम प्रहरीले पक्राउ गरेको बिस्टको भनाइ छ । निज लाक्पा थापाको साथबाट ८३८ ग्राम र धम्ब चेतोबाट १७८ ग्राम गरि १ किलो १६ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । चरेस सहित दुबै जनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिस्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार