अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य
खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ । यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । […]