आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कोल्टिमा जटिल खाले गर्भवती महिलाको सफल शल्यक्रिया

बाजुराको कोल्टिमा जटिल खाले गर्भवती महिलाको सफल शल्यक्रिया

  • बुधबार, पुस १३, २०७९
बाजुराको कोल्टिमा जटिल खाले गर्भवती महिलाको सफल शल्यक्रिया

बाजुरा–बुढिनन्दा नगरपालिकाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलवार जटिल प्रकृतिको गर्भवती महिलाको चिकित्सकले सहजै सल्यक्रिया सफल गरेका छन् । बुढिनन्दा नगरपालिका ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको थियो । टाउको पेटमै खुट्टा अगाडि निस्केपछि थियो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सोनाम गुरुङको नेतृत्व स्वास्थ्यकर्मीको टोलिले सफल शल्यक्रिया गरेको छ । यस्तो जटिल केशमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अफ्ठ्यारो परिस्थितमिा सफल अप्रेसन गरेको स्वास्थ्य संयोजन ओमजङ्ग शाहीले वताए । रमिलाकाको यो भन्दा अगाडि तीन वटा बच्चा खेर गइसकेका थिए । पाठेघरमा समेत समस्या रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पहिलो पटक बिशषेज्ञ सेवा सञचालन गरिएको छ । स्वास्थ्य केन्द्र दुई जनमा बिशेषज्ञ चिकित्सकको व्यबस्थापन सँगै सेवा सञ्चालनमा ल्याएको नगरप्रमुख जनक कुमार बोहराले वताएका छन् ।

स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङ र एमडीजिपि डा.रन्जित शाहले सेवा दिइरहेका छन् । पालिकाको पहलमा स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङलाइ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र एमडीजिपि डा.रन्जित शाहलाइ स्वास्थ्य मन्त्रालयले पठाएको थियो । पहाडि तथा हिमाली जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रको हकमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ सेवा पहिलो रहेको छ ।

नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मीक प्रसुती सेवा सँगै बिशेषज्ञ सेवा सञ्चालन भएको छ । दुबै जना चिकित्सलाइ पालिका बाट पनि सहयोग गरिएको छ । कोल्टि क्षेत्रका बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको बुढीन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

जिल्ला अस्पताल बाजुरामा समेत सेवा नभएको बेला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशषेज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनसँगै बुढीनन्दा नगरपालिका सहीत हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँ पालिका सहीत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका जनताले सेवा पाउने छन् ।

चर्चामा

सम्बन्धित समाचार