शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा बाजुरामा निशल्कु स्वास्थ्य शिविर संचालन

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा बाजुरामा निशल्कु स्वास्थ्य शिविर संचालन

  • बिहिबार, माघ २६, २०७९
गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा बाजुरामा निशल्कु स्वास्थ्य शिविर संचालन

बाजुरा — जिल्ला अस्पताल बाजुरामा गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ । तिन दिनसम्म संचालन हुने शिबिरको एक कार्यक्रमका बिच बिहिबार देखी सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट र जिल्ला अस्पताल बाजुराको सहयोगमा तथा बडिमालका नगरपालिकाको समन्वयमा आँखा, कान र अपांगता समस्या भएका नागरिकको स्वास्थ उपचार सम्बन्धि शिविर संचालन भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
शिबिरमा मोतिबिन्दु अपरेशन, आँखाको चाच गर्नुका साथै अपङ्गता भएका नागरिकलाई अपाङ्ग सहयाता साम्रगी बितरण अर्ने गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । त्यसै गरी कानको जाँच गर्नुका साथै अपरेशन तथा श्रवण साम्रगी समेत निशुल्क बितरण गर्ने गोर्खा वेल्फेयर ट्रष्टका जया लिम्बुले बताएका छन ।
बिहिबार देखी संचालन भएको सो शिबिरको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । बिषिष्ठ अतिथिमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारीको पुस्कर खड्का रहेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा गोर्खा वेल्फेयर ट्रष्टको टिम प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहरा , पत्रकार लगायतको उपस्थिती रहेको थियो । गोर्खा वेल्फेयर ट्रष्टले सुदुरपश्चिम प्रदेशमा पहिलाे पटक याे सेवा बिस्तार गरेकाे हाे ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार