आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा शुरु

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा शुरु

  • मङ्लबार, पुस ५, २०७९
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा शुरु

बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा सुचारु भएको छ । स्वास्थ्य केन्द्र बाट बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई सेवा दिदै आएको छ ।
लामो प्रयास पछि कोल्टिमा आकस्मिक रक्तसञ्चार सेवा सुचारु भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले वताएका छन् । सेवा सुचारु सँगै मुगुको खत्याड गाउँपालिका ९ बस्ने ९ बर्षिय सुशीला सार्किलाइ रगत दिइएको छ । सुशीलालाई चेकजाँच गर्दा जण्डीस र रक्तअल्पता देखा परेको थियो । सुशीलाको रगतमा हेमोगोलाबिनको मात्र २ प्वान्ट मात्र रहेको थियो ।
सुशीलालाई रगत डा. किरण राज अबस्थिले रगत दिएका थिए । डा.किरण दाँत सम्बन्धीको निःशुल्क स्वास्थ्य शिविर आयोजनाका लागि कोल्टी पुगेका थिए । प्रयोगशालाकर्मीहरु ल्याब टेक्निसियन मन्जु भाट, ल्याब असिस्टेण्ट भुवनराज रेग्मि र सिता कार्किको सहयोगमा क्रस म्याच गरी उक्त बच्चालाइ रगत चढाइएको संयोजक शाहीले वातएका छन् ।
रगत चाहिने धेरै बिरामीलाई सदरमुकाम मार्तडी तथा जिल्ला बाहिर पठाउनु परेको थियो, त्यसलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो सेवा प्रदान गरिएको नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् । अब स्वास्थ्य संस्थामा रगत अभाबमा कसैले अकालमै ज्यान गुमाउनुपर्ने तथा अन्यत्र जानुपर्ने बाध्यता टरेको बोहोराले वताए ।
सेवा सञ्चालनका लागि जिल्ला अस्पतालबाट ल्याब असिस्टेन्ट जगत शाहीलाइ बोलाएर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीलाई cross match सम्बन्धी प्रयोगात्मक तालिम दिइएको थियो । तालिम पछि सेवा सञ्चालन गरेको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ । यो क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तसञ्चार सेवा निकै आबश्यक थियो, सेवा सञ्चालन भएपछि निकै सहज भएको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताएका छन् ।
आकस्मिक रक्तसञ्चार केन्द्र यो भन्दा पहिला दुई ठाउँमा मात्र सञ्चालनमा रहेको थियो । जिल्ला अस्पताल बाजुरा र टाटे स्वास्थ्य चौकिमा रहेको छ । अब देखी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सेवा सञ्चालन भएपछि बाजुरामा आकस्मिक रक्तसञ्चार केन्द तिन ठाउँमा भएको छ । बाजुरामा अत्याधिक रक्तस्राबका कारणले तिन बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्थानियलाइ रक्तदान गनुपर्छ भन्ने चेतनामा समेत कमजोरी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार