बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा हिउँदे बाली उत्पादनमा कमि आउने

बाजुरामा हिउँदे बाली उत्पादनमा कमि आउने

  • सोमवार, पुस ४, २०७९
बाजुरामा हिउँदे बाली उत्पादनमा कमि आउने

टेक बहादुर बुढा — हिउँदे वर्षा नभएपछि बाजुरामा यो वर्ष हिँउदेबालीको उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित भएका छन । हिँउदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थाले पछी किसानहरु चिन्तित बनेका हुन। लामो समयसम्म परेको खडेरीका कारण किसानले लगाएकाे गहुँ, जौ, मसुरो लगायत बालीनालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ।

यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुक्न लाग्दा बर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तड छेडेदह गाउँपालिका ३ का कृषक गाेरख रावतले बताए । आकाशे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि धेरैजसो बाली सुक्न थालेको छ।

जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा गहुँखेती गरिदै आएकाे जिल्ला कृर्षि ज्ञान केन्द्रका सुचना अधिकारी मिनप्रसाद जाेशीले बताएका छन ।कुल उत्पादनको ११ दसमलव ३७ प्रतिशत मध्ये १० प्रतिशत जमिनमा मात्रै सिचाइको सुविधा रहेकाे र ८० प्रतिशत जमिनमा अझै सिचाइकाे सुविधा नभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी  जाेशीले बताएका छन ।

गत साल हिउँदे वर्षा भएर केही उत्पादनमा बृद्धि भए पनि यस बर्ष अहिलेसम्म पानी नपरेकाले करिब १० प्रतिशत उत्पादन घटिसकेकाे सुचना अधिकारी जाेशीले बताए । साथै फागुन महिनासम्म पानी परेन भने करिब २० – २५ प्रतिशत उत्पादन घट्ने समेत सुचना अधिकारी जाेशीकाे भनाइ रहेकाे छ । जिल्लाका धेरैजसो जमिनमा आकाशे पानीकाे भरमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको कृषकहरुले बताएका छन ।

सिँचाइको सुविधा नभएको बिशेष बाजुराकाे पुर्बिउत्तर  क्षेत्रमा हिँउदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको किसानहरुले बताएका छन । जिल्लाका अन्य क्षेत्रमा समेत बाली सुक्न थालेको किसानहरुले बताएका छन्। कतिपय ठाउँमा सिँचाइको लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ।

 वर्षे बालीमा समेत वन्यजन्तु र बाढी पहिराले क्षेती गरेका कारण खासै उत्पादन नभएको र हिँउदेबाली खडेरीले सुक्न थालेपछि कृषक चिन्तित भएका हुन । बाजुराका किसानले सिँचाइको सुविधाका लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरेका छन ।

गत बर्षातकाे समयमा पनि बाढी पहिरोले जिल्ला भर ठुलाे मात्रा क्षेती गरेकाे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जसमा जिल्ला भर धानाबालीमा १३५ हेक्टर र काेदाेबालीमा १६५ हेक्टर गरेर जम्मा १५ प्रतिशत बालीनालीमा क्षेती भएकाे कृषि ज्ञान केन्द्र बाजुराकाे अनुमानित तथ्यांक रहेकाे छ । बर्षातकाे समयमा पनि उत्पादनमा कमि भएको र हिउँदमा वर्षा नहुदा हिउँदे बालीकाे उत्पादनमा पनि कमि हुने संकेत रहेकाले जिल्लामा खाद्य संकट हुनसक्ने भन्दै कृषकहरुले चिन्ता व्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार