बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक अभावमा कृत्रिम खुट्टा हाल्न समस्या

आर्थिक अभावमा कृत्रिम खुट्टा हाल्न समस्या

  • शनिबार, माघ २८, २०७९
आर्थिक अभावमा कृत्रिम खुट्टा हाल्न समस्या

बाजुरा–बाजुराको बडीमालिका नगरपालिका ९ उखाडीका ५६ वर्षका लालमनी उपाध्याय आर्थिक अभावका कारण कृत्रिम खुट्टा हाल्न सकेका छैनन् । दायाँ खुट्टामा कृत्रिम खुट्टा हाल्ने पैसा नहुदा घरमै थलिएर बस्न बाध्य भएका छन् ।
२०६९ सालमा भारतमा गएका बेला गाडीले उनको दायाँ खुट्टा भाँचिदिएपछि अहिले उनी अपाङग जिवन विताईरहेका छन् । उनको दाँया खुट्टा भाँचिएको १० वर्ष पुरा भएको छ । एकपटक सहयोगि मार्फत खुट्टा हालेको भएपनि कृत्रिम खुट्टा धेरै टिक्न नसक्दा अहिले समस्यामा परेका छन् ।
लालमणिको ४ बर्ष पहिला कृत्रिम खुट्टा हाल्नमा बाजुराका सामाजिक अभियान्ता प्रकाश सिंहको पहलमा नवलपरासीको गैडाकोटमा पुयाएर खुट्टा हाल्नमा सहयोग गरिएको थियो । उक्त खुट्टा तिन बर्ष सम्म मात्र चलेको थियो ।
अहिले उनको दायाँ खुट्टाको पञ्जा ड्यामेज भएसंगै सँगै हिडडुल गर्न निक्कै समस्या भएको छ । अहिले उनलाई खुट्टा बनाउने ठाउँमा पुग्न जाने पैसा समेत छैन । काँठमाडौमा कृत्रिम खुट्टा हाल्नका लागि पहल भएको भएपनि काठमाडौ जाने गाडिभाडा समेत नभएको लालमणीले वताएका छन् ।
बडीमालिका नगरपालिकाले उनले विगत ६ वर्षदेखि (ख) वर्गको राज्यबाट पाउँने सेवा सुविधा समेत रोकेपछि उनलाई थप समस्या भएको छ । नगरपालिकाका कार्यबिधि बनेपछि उनले अपांग भत्ता पाउन नसकेको बडीमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले वताएका छन् ।
कृत्रिम खुट्टा लगाएर हिड्डुल गर्नेलाइ अपांग भत्ता दिन नमिल्ने गरेको उनले वताईन् । उनलाइ अहिले नगरपालिकाले ग वर्गको परिचयपत्र नगरपालिकाले दिएको छ ।
लालमणी जस्तै आर्थिक अभाबमा बाजुरामा धेरैले कृत्रिम खुट्टा हाल्न सकेका छैनन् । बुढिगंगा नगरपालिका ४ बस्ने २१ बर्षिय जयश्वरी कटुवालले पनि कृत्रिम खुट्टा हाल्न नसकेको वताईन् । उनले पनि खुट्टा हाल्नका लागि बिभिन्न निकायलाइ सहयोग मागेकी छन् ।
बुढिनन्दा नगरपालिका १० बस्ने सुकि थापा भोटेले पनि कृत्रिम खुट्टा हाल्न सकस परेको छ । त्यस्तै बुढिगंगा नगरपालिका ५५ बर्षिय पाहुना सेरालाले पनि खुट्टा हाल्न नसकेको छोरा पुष्प सेरालाले वताएका छन् । आफु सँग आर्थिक नभएकाले खुट्टा हाल्न नकसेको पाहुनाका छोरा पुष्प सेरालाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार