शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • तिनबर्ष देखी कोल्टिमा कागजमा सञ्चालन रहेको स्वास्थ्य बिमा कहिले सञ्चालन हुन्छ ?

तिनबर्ष देखी कोल्टिमा कागजमा सञ्चालन रहेको स्वास्थ्य बिमा कहिले सञ्चालन हुन्छ ?

  • शनिबार, पुस २३, २०७९
तिनबर्ष देखी कोल्टिमा कागजमा सञ्चालन रहेको स्वास्थ्य बिमा कहिले सञ्चालन हुन्छ ?

बाजुरा–स्वाथ्य बिमा बोर्डको वइभसाइडमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा लागु भएको स्वास्थ्य संस्थाका रुपमा रेकर्ड रहेको छ । तिन बर्ष देखी सेवा सञ्चालनमा रहेको भएपनि सेवा अहिले सम्म सञ्चालन हुन सकेको छैन् ।
नगरप्रमुख जनक कुमार बोहोराले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि अन्तिम चरणमा पुगिसकेको वताएका छन् । केन्द्र बाट सबै प्रक्रिया पुयाइसकेर सञ्चालन आउने तयारी रहेको वताए । स्वास्थ्य शाखा प्रमुख आमेमजंग शाहीले माघ १ गते बाट सेवा सुचारु गर्ने तयारी रहेको वताएका छन् । सेवा सञ्चालनका लागि फर्मोसी, नेट लगायत व्यबस्थापन भइरहेको शाहीले वताएका छन् ।
स्वास्थ्य बिमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बिमा बोर्डले २०७६ जेठ १ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो ।
बाजुराका ५ स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको अस्पताल तथा बाजुरा र पूर्वोत्तरका ४ स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बिमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निशुल्क पाउने व्यवस्था छ ।
घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बिमा कार्यक्रममा सहभागी पनि भए । तिनैमध्येका एक हुन् बुढिनन्दा नगरपालिका– १ का गंगाराम लुहार । गाउँमै स्वास्थ्य बिमा गर्न आएका बिमाका कर्मचारी बाट दुई वर्ष पहिले स्वास्थ्य बिमा गराएका लुहारले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाएपछि उनले दोस्रो पटक बिमा नविकरण पनि गरेका छैनन् । गंगाराम अतिगरिबको सूचीमा सूचिकृत परिवारका सदस्य हुन् । अति गरिब परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमाको शुल्क लाग्दैन ।
मृगौला पीडित गंगारामले दुखाई कम गर्ने औषधिसमेत किनेर खानु परेको छ । कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्लतल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा कार्डबाट सेवा नपाएको उनको गुनासो छ ।
बिमा कार्यक्रम लागु हुँदा कार्यक्रममा सहभागी पाँच जना सदस्य भएको परिवारले वर्षमा बढीमा एक लाख रुपैयाँ बराबरको उपचार निशुल्क पाउने भनिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण उपचारको खर्च आफैंले ब्यहोर्नु परिररहेको बुढिनन्दाका हलिया अगुवा मनबीर सार्कीले वताउँछन् ।
कोल्टीमा स्वास्थ्य बिमा सेवा सञ्चालन नहँुदा बुढिनन्दा नगरपालिकासहित हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाबासीले स्वास्थ्य विमाको सुविधा पाएका छैनन् । स्वास्थ्य बिमा सुदुरपश्चिम संयोजक जनक साउदको भनाईमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत दिइएको छ । तर स्थानीय सरकारको कमजोरीका कारण सेवा सञ्चालन हुन नसकेको उनी बताउँछन् ।
अति गरिब परिवारका सदस्यहरुले स्वास्थ्य बिमाका लागि पैसा बुझाउनु नपर्ने भए पनि अन्यको हकमा पाँच जना सदस्य भएको परिवारले रु. ३ हजार ५०० बुझाएका छन् । पाँच जना भन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर ७०० रुपैयाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रतिव्यक्ति रु. २० हजारसम्मको निशुल्क उपचार हुने, सेवा पाउँदा ५ परिवार भएमा १ लाख, ५ जना भन्दा बढी भएमा प्रतिब्यक्ति थप २० हजारका दरले सेवा पाउँछन् ।

चर्चामा

सम्बन्धित समाचार