बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • नियम बिपरित भाडा असुल्ने दर्जन बढि सवारी साधान प्रहरी कार्बाहीमा

नियम बिपरित भाडा असुल्ने दर्जन बढि सवारी साधान प्रहरी कार्बाहीमा

  • आइतवार, माघ ८, २०७९
नियम  बिपरित भाडा असुल्ने दर्जन बढि सवारी साधान प्रहरी कार्बाहीमा

बाजुरा– बाजुराका विभिन्न स्थानीय सडक खण्डमा सञ्चालन हुने सवारी साधनले तोकिएको भन्दा बढि भाडा लिएको भन्दै १७ भन्दा बढि जिप चालकहरु कार्बाहीमा परेका छन । जिल्ला प्रशासन कार्यालय बाजुराको पौष २० गते बसेको बैठकले जिल्लाका ग्रामिण सडकमा चल्ने सवार साधानहरुको भाडादर कायम गरेको छ । सो निणर्यको कार्यन्वयनका लागि प्रहरीले. बिभिन्न ठाउँमा तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कारबाही प्रक्रिया थालिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लाका ग्रामिण सडकमा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जीप व्यवसायीलाई कारबाही प्रभावकारी रहेको स्थानियले बताएका छन् ।
मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाजुराले पौष २० गतेको बैठकले भाडादर कायम गरेको थियो । सबै स्थानीय सडक खण्डको भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानि भाडा असुल्ने सवारी साधन माथि कडा नीग्रानी राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरण सहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताएका छन् ।
यात्रुको चापको फाइदा उठाएर तोकिए भन्दा बढी भाडा उठाएपछि ठाउँ-ठाउँमा भएका ईलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्दा तोकिए भन्दा बढी भाडा लिएकालाई फिर्ता गराउनुका साथै पहिलो पटक त्यस्तो गरेकोमा सम्झाइ बुझाइ पठाउने र दोस्रो पटक फेला परेमा आवस्यक कार्बाही गरिन थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भाडादर पूणर् रुपमा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीहरूबाट विभिन्न स्थानहरूमा कडाइका साथ चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूणर् रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ । हालसम्म जिल्लामा दुई दर्जन जीप व्यवसायीलाई कारबाही गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।
त्यसै गरी व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नं.प्लेट) सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोकी हुम्ला-बाजुरा चलेका निम्न सवारी साधनहरुलाई सार्वजनिक सवारी साधनको रुपमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी सञ्चालन गर्ने गरी कागज गराई ट्राफिक जरिवाना समेत गरी छोडिएको जनाएको छ जसमा बा २१ च ४३२,लु.अ.अ.म.६७२६, भे १ च ३८२०, से १ च १५१०, भे १ च २७९८, बा १८ च ३९५९ र भे १ च ७४३ नम्मरका गाडी रहेका छन् ।

बढी भाडा लिने निम्न सवारी साधनलाई भाडा फिर्ता गर्न लगाएको

हाल सम्म कोल्टी देखि मार्तडी आउदै गरेको सु.प्र.प्र.०१ ज.११८२ नं.को जिपले ११ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१२००।– (बाह्र सय)का दरले भाड लिएकोमा रु.४४४।– प्रति व्यक्तिलाई फिर्ता गराईएको ।

मार्तडी देखि कोल्टी जाँदै गरेको म.१.ज.३२७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१०००।– (एक हजार)का दरले भाड लिएकोमा रु.२४४।– प्रति व्यक्तिलाई फिर्ता गराईएको छ ।

मार्तडी देखि कोल्टी जाँदै गरेको सु.प्र.प्र.००१ज.१२१७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१०००।– (एक हजार)का दरले भाड लिएकोमा रु.२४४।– प्रति व्यक्तिलाई फिर्ता गराईएको छ ।

   पिलुचौर बाट धुलाचौर तर्फ जादै गरेको सु.प.प्र००१ ज ११८१ नं. जीपले ४ जना  यात्रुबाट प्रति ब्यक्ति रु.४००।-(चार सय) का दरले भाडा लिएको पाईएकोले      तोकिएको भाडा भन्दा रु.२६८।-(दुईसय अठसठ्ठी) प्रति ब्यक्ति बढी लिएको रकम यात्रुलाई फिर्ता गराई अवोप्रान्त तोकिएको भाडादर लिने छु भनि पहिलो पटकलाई सम्झाई बुझाई गरी छोडिएको छ ।

   बुढीगंगा नगरपालिका अन्तर्गत साँफेबगरबाट बम्का तर्फ आउदै गरेको से १ ज ५१९ नं. जीपले ६  जना यात्रुबाट प्रति ब्यक्ति रु.३००।-(तिनसय) का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा रु.५०।-(पचास) प्रति ब्यक्ति बढी लिएको पाइएकाेले साे रकम यात्रुलाई फिर्ता गराई ट्राफिक जरिवाना गरि छोडिएको जनाएकाे प्रहरीले जनाएकाे छ ।

  हिमाली गाउँपालिका अन्तर्गत कोल्टीबाट धुलाचौर तर्फ जादै गरेको म १ ज १८५ नं. जीपले यात्रुबाट प्रति ब्यक्ति रु.४००।-(चारसय) का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको रकम यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरीले जनाएकाे छ । त्यसै गरी सु.प.प्र.०१००१ ज ११६४ नं. सवारी साधनले ७ जना यात्रुबाट प्रति ब्यक्ति रु.४००।-(चारसय) का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको रकम रु.२६८ यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरी तथ्याकंमा उल्लेख गरिएकाे छ ।

 मार्तडीबाट बाम्का तर्फ जादै गरेको म १ ज ३५७ नं. जीपले यात्रुबाट बढी भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको पाइएकाेले साे  रकम यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरीले जनाएकाे छ  । त्यस्तै गरी  धुलाचौबाट कवाडी तर्फ जादै गरेको से १ क १११८ नं. जीपले क्षमता भन्दा बढि यात्रुहरु बोकेको पाईएकोले पहिलो पटक सम्झाई बुझाई गरि  पठाएकाे र पिलुचौरबाट जुड्डी तर्फ जादै गरेको सु.प.प्र.०१००१ ज १३१९ नं.को जीपले यात्रुबाट बढी भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा बढी लिएको रकम रु.१०० प्रति यात्रुहरुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको  र एक सवारी साधानलाइ भने भाडा फिर्ता गराउनुका साथै  जरिवाना समेत गरीएकाे जिल्ला प्रहरी कार्यालय बाजुराकाे तथ्याकंमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार