शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भुकम्पका कारण भएको क्षेती विबरण अपडेट (सुचि सहित)

बाजुरामा भुकम्पका कारण भएको क्षेती विबरण अपडेट (सुचि सहित)

  • मङ्लबार, माघ १०, २०७९
बाजुरामा भुकम्पका कारण भएको  क्षेती विबरण अपडेट (सुचि सहित)

बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका बाजुरा जिल्लाका बिभिन्न ठाउँमा गरी २५ घर भत्किएको जानकारी प्राप्त भएको छ । भुकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ । जंगलमा घास काटीरहेको बेला माथीबाट खसेको ढुगां लागेर उनको मृत्यु भएको स्थानियले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन । त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५० देखी ६० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानियले बताएका छन । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन ।

   भुकुम्पबाट जिल्लाभर भएको क्षेती बिवरण

  • जिल्ला बाजुरा बडिमालिका न.पा.७ रजातोली बस्ने हरी चन्द उपाध्याय २ तले २ कोठे ढुङ्गा माटोले बनेको टिनले छाएको कच्ची घर भुकुम्पका कारण घरको अगाडीको वाल भत्किएको , सरसामान घर भित्र च्यापिएका ,बस्न लायक नसकिने ,मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा. ८ बस्ने हर्क गुरुङ्को घरको पछाडीको वाल १४:५६ बजे गएको भुकुम्पका भत्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा. ४ बस्ने बिरजोते चदाराको ३ तले ८ कोठे कच्ची ढुङ्गा माटोले बनेको पथ्थरले छाएको कच्ची घर १४:५६ बजे गएको भुकुम्पका कारण घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा.२ बस्ने दिल हमालको ३ तले ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर १४:५६ बजे गएको भुकुम्पका कारण पछाडी वाल भत्केको बस्न नसकिने मानविय चौपाय क्षेती केही नभएको ।
  • हिमाली गा.पा. ५ कर्ण बहादुर बुडथापा , ऐ.ऐ. बस्ने धन बहादुर कार्की , प्रदिप थापा र सम्भुलाल कार्कीको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर आशिंक रुपमा चर्किएर क्षेती भएको मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा. ८ बस्ने ढुङ्गा माटोले बनेको टिनले छाएको ३ तले कच्ची घर चर्किन गई आंशिक क्षेती मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा.९ बस्ने ढुङ्गा माटोले बनेको पक्की घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने किठ्ठु लुहार २ तले १० कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर चर्किएको मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने गोले थापाको घरको देवाल चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने बसन्त बि.क.को घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने गचे चधाराको घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने सान्ती घलानीको घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. बस्ने सुर्जा बि.क. को घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • जिल्ला बाजुरा बडिमालिका न.पा. २ सत्य मा.वि. भौनेरा स्कुल सिडीको माथी पानी छेक्क बनाएको जिना घर भत्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • बडिमालिका न.पा. २ जुगाडा बस्ने नरेन्द्र हमालो २ तले घर भुकुम्पका कारण घरका वाल चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • बडिमालिका न.पा. ९ बस्ने लाल चदारा,प्रकाश चदारा र गोरख चदाराको २ तले ८ कोठे संयुक्त घर भुकुम्पका कारण घरको ४ वटै वाल चर्किएका , बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
  • बडिमालिका न.पा. ७ बस्ने धन बहादुर बि.क.को घर भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. ८ बस्ने तुला थापाको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घर पुरै चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. ८ बस्ने जय रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ६ कोठे घर पुरै चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
  • आज मिति २०७९/१०/१० गते गएको भुकुम्पका कारण जिल्ला हुम्ला ताजाकोट गा.पा. ३ बस्ने करबिर नेपाली छोरी बर्ष १६ की सरिता नेपाली हिमाली गा.पा. ६ धिममा दिदी रुपा नेपालीको घरमा आएकिमा भुकुम्प आई भाग्ने क्रममा लडी बेहोस भएकी स्वास्थ्य चौकी धिममा उपचार भईरहेको ।
  • बडिमालिका न.पा. ८ बस्ने रुपा रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको घरको पछाडीको वाल भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।
  • हिमाली गा.पा. ६ बस्ने नन्दराम बुढाको २ तले २कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घरको २ कोठा पुर्ण रुपमा भत्केको बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
  • हिमाली गा.पा. ४ बस्ने धिरेन्द्र मल्लको भुई तले २ कोठे टिनले छाएको घरको पछाडीको वाल पुरै भत्किएको बस।न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. ४ बस्ने ज्ञानेन्द्र मल्लको २ तले २कोठे घरको माथिल्लो तलाको पछाडी पट्टीको वाल भत्किएको ,बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
  • ऐ.ऐ. ४ बस्ने छेत्र बहादुर मल्लाको २ तले ४ कोठे पत्थरले छाएको गरको पछाडी वाल भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।

चर्चामा

सम्बन्धित समाचार