शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बढ्दो चोरी डकैतीलाई रोकथाम गर्न अनेरास्ववियू बाजुराको माग

बढ्दो चोरी डकैतीलाई रोकथाम गर्न अनेरास्ववियू बाजुराको माग

  • मङ्लबार, पुस २६, २०७९
बढ्दो चोरी डकैतीलाई रोकथाम गर्न अनेरास्ववियू बाजुराको माग

बाजुरा — जिल्ला सदरमुकाम मार्तडी लगायत जिल्लाका बिभिन्न बजारमा चोरी डकैती तोडफोड हुदै गएकोमा यसको रोकथाम गर्न अनेरास्ववियू बाजुराले माग गरेको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतमा पछिल्लो समय बजारमा चोरीका घटना बढ्दै गएकोले सुरक्षामा कडाई गर्न माग गरेको छ ।

केही दिन यता जिल्ला सदरमुकाममा चोरी हुदै गएको प्रति संगठन चिन्तीत बनेको अनेरास्ववियू बाजुराका अध्यक्ष दिल बहादुर थापाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसै गरी बुढिनन्दा नगरपालिकाको कार्यालय अगाडी राखेको जेनेरेटर र जिआईजेटको गाडी तोडफोड गरी आगजनी गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउन माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार