शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे हिमाली क्षेत्रमा बर्षा संगै हिमपात

बाजुराकाे हिमाली क्षेत्रमा बर्षा संगै हिमपात

  • बिहिबार, माघ ५, २०७९
बाजुराकाे हिमाली क्षेत्रमा बर्षा संगै हिमपात

बाजुरा —  देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव बाजुरामा पनि परेको छ । बादल संगै जिल्लाका उच्च हिमाली क्षेत्रमा पानी पर्न थालेको छ । पहाडी क्षेमा भने जाडो बढेको छ ।

जल तथा माैसम महासाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार