बिषालु महं नै चटायो उसैले
बिषालु महं नै चटायो उसैले, घरछोडी जाने गरायो उसैले। देख्यौं झिलमिल भयौं अन्धा, युवालाई बली चढायो उसैले। रोटीको बद्लामै रगत झिक्यो, मनमा ज्वाला जलायो उसैले। दुनियांको यो विर जाती लाई, आजिवन दास बनायो उसैले। सिमा सिमा मै अतिक्रमण गर्छ, बिषाक्त खाध्यन पठायो उसैले। लोभि र पापि थिए देशकै नेता, नव्ज छामी घांटी सटायो उसैले।