बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • श्रमजिवीको भविश्य सँग खेल हुन्छ

श्रमजिवीको भविश्य सँग खेल हुन्छ

  • बिहिबार, बैशाख १४, २०८०
श्रमजिवीको भविश्य सँग खेल हुन्छ

श्रमजिवीको भविश्य सँग खेल हुन्छ,
स्वार्थमा नेताको एकता वे मेल हुन्छ।

छाडौँ कस्ले जित्यो याहाँ कस्ले हार्यो,
भनेकै योजनानै जितेपछि फेल हुन्छ।

केहतार छ अहिलेनै खुसि मनाउँनुको,
देशभित्र गरिबको आँशुको भेल हुन्छ।

ज जस्ले जितेपनि उस्कै लागि जित्यो,
मख्ख नपरौँ निर्दोशलाई नै जेल हुन्छ।

दलालि गय्रो आज उस्ले नाम कमायो,
देशभक्ती नाम सधै भरी ओझेल हुन्छ।

हेर्दै जाउ कत्तिछैन विजन बिकाश गर्ने,
उन्कै ओफिसमा बिदेशी पेलापेल हुन्छ।

चर्चामा

सम्बन्धित समाचार