शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • युवाहरूले अमूल्य जिवन खेरा नफाल

युवाहरूले अमूल्य जिवन खेरा नफाल

  • बुधबार, बैशाख १३, २०८०
युवाहरूले अमूल्य जिवन खेरा नफाल

जहिल्यै पनि गास बासको समस्य भरपुर हुन्छ,
धनीलाई बलिको बोका सन्सारकै मजदुर हुन्छ।

बनायो गगनचुम्ने महल फलायो धान फाँटैभरी,
भोकोपेट नाङ्गो ज्यु अप्राधी किन वेकसुर हुन्छ।

सिप सबैछन् छैन एकता मजदुरहरूको बिचमा,
त्यसैले श्रमजिविहरूको सपना चक्नाचुर हुन्छ।

बाजे ब्रिटिशको लागि लडे,बाबा भारतकै लागी,
आज नाति अरबमा खाडिको लागि फूर हुन्छ।

भन्छन् गरिब मुक्तिकै लागिहो आन्दोलन हाम्रो,
तर लुकिलुकी साम्राज्यवाद सँग जि हजूर हुन्छ।

युवाहरूले अमूल्य जिवन खेरा नफाल ब्यार्थैमा,
राजनीतिक सफरमा चम्चाहरूनै कोहिनूर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार