• होमपेज
  • कला /साहित्य
  • पारस भट्ट प्यासिको (गद्य कविता) तिमी धनी मान्छे हो

पारस भट्ट प्यासिको (गद्य कविता) तिमी धनी मान्छे हो

  • बिहिबार, चैत्र २३, २०७९
पारस भट्ट प्यासिको  (गद्य कविता)  तिमी धनी मान्छे हो

तिमि धनी मान्छे हो तिमि सँग केछैन सबैकुरा छ!
गाडी चिल्ला चिल्ला कारहरु छन्!
ठाउठाउँमा ढलाने घर छन् ,ढलाने घरहरु बाट पनि महिनामै दसौँ बिसौँ लाख भाडा उठ्छ !
जग्गा जमिन छ ,होटेल ब्यबसाय सबै छ!
ठुलठुला मान्छेहरु पनि तिम्रै पासमा छन्
पद छ पैसा छ राजनितीक पहुँच छ !

तिमी धनी मान्छे हो !

भगवानले तिमिलाइ धनी बनायो, हरेक कुरा बाट सम्पन बनायो त्यो खुसिको कुरा हो तर तिम्रा छोराछोरी हरु सँग कुनै गरिव निमुखा साधारण मान्छेले
प्रेम गर्नु ,
बोल्नु ,
उठबस गर्नु
सँगै हिड्नु ,सँगै खेल्नु पाप हो?
अपराध हो? अन्याय हो! हैनत
आँखिर किन हेप्छौ सर्बसाधार मान्छेलाइ?

तिमी सडकमा कार कुदाएर कालो चस्मा लाएर रनननन आउँदा !त्यहाँ कोहि पिठ्युँमा भारी बोकेर बाटो काट्न खोज्छ तिमी आँखा तरेर हेर्छौ ,
अनि भन्छौ ए यो कस्तो मान्छे रहेछ अरे
उस्को पिठ्युँमा भारी छ
अफ्ट्यारो भएको छ!
कारमा बसेर कुदिरहेको जस्तो आनन्द छैन !कहिले बुझ्छौ त? सर्बसाधारणको समस्या “”
के त्यो पिठ्युँमा भारी बोकेर एक रुपैया बनाउने
एक छाक टार्ने मान्छेको मन छैन ?

तिमी धनी मान्छे हो !

तिमिले आफ्ना बालबच्चा लाई बिदेश पढ्न पठाएको छौ,
महङ्गो महङ्गो लाउन दिएको छौ ,
मिठो खान दिएको छौ ,
हातमा आइफौन ,
बाइक सबै कुरा बाट प्रफुल्ल पार्न सकेका छौ! अरे आफ्नै देशमा त्यो पनि सरकारी स्कुलमा कोहि खुट्टा बजाउँदै एक घण्टा हिनेर स्कुल जान्छ !
तिमी घरको कौशिबाट, छतको टुप्पोबाट ,आगन छेउबाट बाट हेरिरहन्छौ अनि खिलिलिली दात देखाएर हाँस्छौ , तर अरुको पीडा कहिले बुझ्नेहो?

तिमी धनि मान्छे हो!

तिम्रो आँखा नराम्रो छ ,नजर बाङ्गो छ!
आफुमा घमण्ड छ सहयोगको भावना छैन ,लोभ छ ,
स्वार्थी छौ तिम्रो नजरमा सारा दुनियाँ सानो छ !
पुरै ब्रह्माण्ड ,आफैलाइ ठान्छौ !

तिमी धनी मान्छेहो ,

तिम्रो मन सफा छैन!
मनमा पापै पापको पोखरी छ!
तिमि सँग जत्ती पनि धन छ ,
मन छैन!
कसै प्रती बिश्वास छैन दया माया छैन !
तिमी धनी मान्छे हो
तिमिमा अबगुण सयौँ छन !
गुण एउटा पनि छैन!
तिमी धनी मान्छे हो

पारस भट्ट (प्यासी) मेलौली दुई सुन्दर भुमी सेलि बैतडी
हाल; काठमाडौ क्षेत्रपाटी

चर्चामा

सम्बन्धित समाचार