• होमपेज
  • कला /साहित्य
  • हुन्छ चिल्ला सुकिला मुकिलाको रमझम

हुन्छ चिल्ला सुकिला मुकिलाको रमझम

  • सोमवार, चैत्र २७, २०७९
हुन्छ चिल्ला सुकिला मुकिलाको रमझम

सोध पुछ हुँदै हुँदैन पिटेर ताली आउँछौ,
जस्तो जान्छौँ हेर्छौँ अनि खाली आउँछौ।

हुन्छ चिल्ला सुकिला मुकिलाको रमझम,
त्यसैमा हामि मनकोबह बसाली आउँछौ।

देशभक्ती धुन राष्ट्रियगानकै हुन्छ उपक्षा,
भन्छन भुलबस भएछ यसपाली आउँछौं।

कहाँ कहाँ बिद्रोह गरौँ सम्रचना छ यस्तो,
केवल आफ्नो भडास निकाली आउँछौं।

भन्छौ सबथोक आफु लाई लागेको पनि,
किन गर्ने भनी आर्कोलाई गाली आउँछौं।

हुँदैन यो मैलो नपखाली केहिपनि देशमा,
हिंड्छौ हामी उकाली र ओराली आउँछौं।

चर्चामा

सम्बन्धित समाचार