• होमपेज
  • कला /साहित्य
  • आज देशको न त जनताको उद्धार भयो

आज देशको न त जनताको उद्धार भयो

  • बिहिबार, चैत्र २३, २०७९
आज देशको न त जनताको उद्धार भयो

आज देशको न त जनताको उद्धार भयो,
राजनीतिमा सधैभरी नराम्रो व्यापार भयो।

हुन्थ्यो पहिले सबैभन्दा राम्रो समाज सेवा,
त्योपनि राजनीति झुकावकै उजगार भयो।

बहुदलिय व्यबस्था ल्याउँन सहिद भए धेरै,
आज हेर्दा हेर्दै यही व्यबस्था लाचार भयो।

सर्वहाराको नारा लगाउँने इनै राता मण्डले,
शहिदको चिहानमाथि उनैको दरबार भयो।

गरिबलाई उपयोग गरेर अचानो गराए देश,
साम्राज्यबादको दलाल यही सरकार भयो।

यिनैहुँन बन्दुकको नाल बाट क्रन्ति ल्याउँने,
जो अहिले ख्रुचेव हिटलर अनि जार भयो।

चर्चामा

सम्बन्धित समाचार