मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ

कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ

  • शनिबार, बैशाख ९, २०८०
कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ

कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ,
झन पछिझन समस्यहरू खास हुन्छ।

देश गुलाम नभएर केगर्छौ दाश नेता,
रैती भए नागरिक दुःखको रास हुन्छ।

काम खोज्ने नि काम हुँदोरहिछ यहाँ,
सोंच्नैहुन्न बाँचुञ्जेल अबकास हुन्छ।

जस लाई जनताहरूले छानेर पठायौँ,
देश अचानो बनाउँछ आफु दाश हुन्छ।

यही देशका लागि लडेर मर्छन् उनैको,
जरसन्तानकै नेपाल बाहिर बास हुन्छ।

उदाइ रहेकाछन नवलेण्डुप यो देशमा,
यो देश कुनदिन बिदेशीको गास हुन्छ।

चर्चामा

सम्बन्धित समाचार