बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • वेनाम भयो जसले यो सन्सार बनायो

वेनाम भयो जसले यो सन्सार बनायो

  • शुक्रबार, बैशाख १५, २०८०
वेनाम भयो जसले यो सन्सार बनायो

वेनाम भयो जसले यो सन्सार बनायो,
दुनियाँलाई जिताउँने हतियार बनायो।

उसैको पसिना रगतले सिंचेको धर्तिमा,
शोशकहरूले आफ्नो सरकार बनायो।

समाजको सबैभन्दा सम्मानिय हुनुपर्ने,
पुँजिवादले उसैको भित्र दरार बनायो।

एकता बिना हक हित पाइंदैन थाहा छ,
त्यसैले त आज वर्ग नै व्यापार बनायो।

मालेमाको हतियारले काट्न थालेपछि,
त्यो हतियार छोप्नेहरुलाई जार बनायो।

क्रान्ति कुहिराको काग छ हिंजो आज,
कम्युनिष्टकै आवरणमा गद्धार बनायो।

चर्चामा

सम्बन्धित समाचार