मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हरेक मान्छेको मनमा हिराको बास् होस्!

हरेक मान्छेको मनमा हिराको बास् होस्!

  • शुक्रबार, बैशाख १, २०८०
हरेक मान्छेको मनमा हिराको बास् होस्!

दु:ख सुख आपत बिपत सबै कुराको
सामना गर्दै लड्दै ,उठ्दै संघर्ष गर्दै,खाँदै पिँदै,
आनन्द लिँदै ,
कहिले हाँस्दै कहिले रुँदै ,
कहिले दुखी हुँदै कहिले सुखी हुँदै ,
कहिले निरास हुँदै कहिले खुसी हुँदै,
कहिले उदास हुँदै कहिले बिन्दास हुँदै,
कहिले गाउँदै कहिले नाच्दै
कसैले बिदेशमा कसैले स्वदेशमा दुई हजार उनासी साल बिताएको पत्तै भएन !

मुसुक्क मुसुक्क मुस्कान दिंदै हाँसीहाँसी दुई हजार असी साललेपनि आफ्नो बर्सको पहिलो दिन आज सबैलाई हर्शित बनाएर, मीठो मीठो खुवाएर साथी भाइ इस्ठमित्र सबैको भेटघाट गराएर
उद्घाटन गरिसक्यो ! सबै जनालाइ धेरै धेरै सुभकामना छ!
साइनो अनुसार ढोग आशीर्वाद छ!
हरेक मान्छेको मनमा हिराको बास् होस्!

नयाँ बर्ष मनमा हर्ष
आनन्दले नयाँ बर्स मनाउन मिलोस्, हरेक मान्छेको मनमा खुसियाली छाओस् , घरमा लक्ष्मीको बास होस् , देशमा शान्तिको बास होस् हरेक मान्छेको मनमा हिराको बास होस्,
देशद्रोही हरुको सत्यनाश होस् ,
भ्रस्टाचारि घुसियाहरुको अन्त्य होस्,
सबैमा सतबुद्धी पलाओस् ,कुविचार कुसंस्कार कसैले नसिकुन ,बिकृती बिसंगतीको अन्त्य होस् !
देश भक्त संन्तान जन्मियुन
आफ्नो जननी जन्मभुमि आमाबुवालाई कसैले नबिर्सुन् !

बिग्रेका सुध्रीएर आउन
असल सोच बिचार पैदा होस् !
सबैमा सहयोगको भावना होस् ,धेरै लोभ डाह रिस राग एक अर्कामाथी जलन नहोस् !
छुटेका टुटेका रिसाएका हरुको
मिलन होस्!
छुवाछुतको अन्त्य होस्,
सबै मान्छे सामान हुन भन्ने बिचार लिएर मान्छे जिउन सिकुन, मान्छेहरु साना ठुला मझौला कोहि छैन !
होला रुप कसैको कालो होला कसैको गोरो होला ,
कोहि होचो होला कोहि अग्लो होला,
कोहि कान्छो होला कोहि जेठो होला
सानो ठूलो कोहि छैन!
सबैको रगत एउटै हो मान्छे मान्छेनै हो !
रुप कालो भएपनी ,
मन गोरो होस्,
मन ठुलो होस्,
सकारात्मक सोचको बिकाश होस्!
हरेक मान्छेको मनमा हिराको बास होस्!

पारस भट्ट (प्यासी) मेलौली दुई बैतडी

चर्चामा

सम्बन्धित समाचार