शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • थाहा छ हाम्रो देशमा सधै भ्रष्टचार हुन्छ

थाहा छ हाम्रो देशमा सधै भ्रष्टचार हुन्छ

  • शनिबार, बैशाख १६, २०८०
थाहा छ हाम्रो देशमा सधै भ्रष्टचार हुन्छ

थाहा छ हाम्रो देशमा सधै भ्रष्टचार हुन्छ,
जस्लाई नेता सम्झिन्छौ त्यो गद्धार हुन्छ।

भन्छन् समाचार निश्पक्ष आउँदैन याहाँ,
बुझौं पार्टिको आ आफ्नै अखबार हुन्छ।

भन्छन् हामिहरू न्याय पाउँदैनौं कहिल्यै,
थाहा छ जहाँपनि धनिको सरकार हुन्छ।

कविले लेख्छन् कवितामा देशको व्याथा,
नेताले भन्छ कविको आफ्नै बिचार हुन्छ।

बुझ्न बाँकिछ आखिर देश कस्कसको हो,
यो देशप्रति कस्को चोखो व्यबहार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार