मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • निजी स्वार्थका लागि सधै बबाल भयो

निजी स्वार्थका लागि सधै बबाल भयो

  • सोमवार, बैशाख ४, २०८०
निजी स्वार्थका लागि सधै बबाल भयो

दुश्मन निहाल भयो देश कङ्गाल भयो,
देशको रिढ युवा नै उसैको ढाल भयो।

देशलाई अचानो बनाए जनताको बली,
निजी स्वार्थका लागि सधै बबाल भयो।

तिमिले बहर खोज्छौ उसैको इसारामा,
थाहा छ देशमा उसैको सञ्जाल भयो।

बन्दुक उसैको बिचार उसैको देश भित्र,
आन्दोलन् भयो सधैभरी हड्ताल भयो।

आज जुनसुकै देशमा पनि नेपाली मर्छ,
हाम्रो बुद्धि भुट्यो दुष्ट मालामाल भयो।

देश फिजिको बाटोमा हिंड्यो सिक्किम,
नयाँ बिधेयक पारित प्रत्येक साल भयो।

चर्चामा

सम्बन्धित समाचार