मङ्लबार, जेष्ठ १, २०८१

कबिता: लुटेरा

  • सोमवार, बैशाख ११, २०८०
कबिता: लुटेरा

मेराे बजार निकै राम्रो छ
त्यहाँ लुटेराहरु पाईन्छन
मेरो सरकार गजवकाे छ
त्यहाँ लुटेरा हरु पालिन्छन!!

लुटेराहरु हेर्न मेराे देश अाउनु
लुटेराहरु काे परिचय गर्न मेराे शहर अाउनु
नसाेध्नु लुटेरा कहाँ हुन्छन भनी
बिस्वास गर्नु लुटेरा नेपाल मै हुन्छन भनी !!

सगरमाथा काे फेदि देखि
काठमाडौं काे सहर सम्म
हिमाल काे फेदि देखि तराई काे फाँट सम्म
गाउँ का गल्ती देखि
सिंहदरबार भवन सम्म लुटेरा छन !

लुट काे बीउ छर्छन यहाँ
लुटकाे गाभाे राेप्छन
नर्सरि लुटकै लगाउछन
फल पनि लुटकै फल्छ !

एक एक पाईला मा लुट छ
एक एक हात र बर्गकिलाेमिटर मा लुट छ
लुटेरै खाउँ र मिलेरै लुटाै भन्ने
हाम्रै नेपाल मा मात्रै छुट छ !!!

चर्चामा

सम्बन्धित समाचार