मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हार्दिक शुभकामना रहोस् वर्षभरी

हार्दिक शुभकामना रहोस् वर्षभरी

  • बिहिबार, चैत्र ३०, २०७९
हार्दिक शुभकामना रहोस् वर्षभरी

हार्दिक शुभकामना रहोस् वर्षभरी अब,
कसैको न बर्षियोस आंसु धरधरी अब।

सरकारपनि सरकार जस्तो रहोस् हाम्रो,
देशभित्र नगरोस भ्रष्टचार मनपरी अब।

मर्नेहरूले पनि छाडिगए इतिहाश बन्यो,
सम्झेरपनि धेरै कति रूनु घरिघरी अब।

जसले जेजानेकाछन् पोख्नुपर्छ प्रतिभा,
नछेकौं कसैले हुन्छन् मनका झरी अब।

कसैले स्वतन्त्र लेख्यो र कसैले बहरमा,
लेखौं है आ आफ्ना प्रतिभा नडरी अब।

आउ समाज बदल्न लाई कंमर कसेका,
मिलेर लेखौं प्रगतिपथमा सरासरी अब।

चर्चामा

सम्बन्धित समाचार