• होमपेज
  • कला /साहित्य
  • आउ नभागौ  र डटेर लडौं

आउ नभागौ  र डटेर लडौं

  • बुधबार, चैत्र २२, २०७९
आउ नभागौ  र डटेर लडौं

बाहिर भन्दा पनि भित्र क्रान्तिकारी लड्नुपर्छ,
आफु सँग र मोर्चा सँग गरेर तैयारी लड्नुपर्छ।

हाम्रो मन मष्तिकमा घरनै जमायो पुँजिवादले,
त्यसैको लागी आफ्नैभित्र बारिबारी लड्नुपर्छ।

क्रान्ति गर्नुछ भने आउ नभागौ  र डटेर लडौं,
आफु भित्रकै स्वार्थलाई निर्मूलपारी लड्नुपर्छ।

छन् आफुलाई क्रान्तिका दुत भनौदाहरू याहाँ,
उनिहरूको नकाब जनतामा उतारी लड्नुपर्छ।

भन्नु जस्तै सजिलो छैन आफै सँग लड्नु साथि,
ठुलो शङ्घर्ष गर्नैपर्छ मन मारी मारी लड्नुपर्छ।

जहाँ गएपनि शामन्ति अवशेष जिवितनै होला,
क्रान्तिकारी त्यो सँग कहिल्यै नहारी लड्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार