उजुरी- लघुकथा

  • मङ्लबार, चैत्र २१, २०७९
उजुरी- लघुकथा

मास्टर जी हाम्रो स्कुलमा चोर पसेछन,हजूर बस्ने आफिसको पनि ताला टुटुको छ! “बिहानै शुक्रराज चिच्याउँदै मास्टर लेखराजका घर आयो”
ओहो आफिसमा विध्यार्थिहरूको इक्जाम पेपरहरू थिए बर्वादभयो।कुन नालायकले गर्यो यस्तो बद्मासि भन्दै ! मास्टर लेखराज पनि डराउँदै गनगन गर्नथाले”

हौस् जे गर्नेहो छिट्टै गर्नुहोस् म हिंडे! शुक्रराज फर्कियो”
लेखराज हडबढाउँदै नजिको प्रहरी चौकीमा फोनलगाएर उजुरी दर्जगराए।
आफु पनि छिट्टछिट्टो तयार भएर खाना पनि नखाइ स्कुल पुगे,उनि स्कुल पुग्दा प्रहरिको गाडी पनि उभिएको थियो।

के भयो कुनकोठाको ताला टुट्यो?प्रहरिले मास्टरलाई सोध्यो”
मूलगेटमा अहिले पनि ताला झुन्डिएकै थियो।
मास्टरले मूल गेटखोलेर भित्र आफिसमा गए त्यँहा पनि ताला झुणँडिएको देखे।

अनि शुक्रराजलाई फोन मिलाए,तर उसले फोन उठाएन, उन्ले प्रहरिलाई सोधे सर आज कुनदिन हो?

ओहो मास्टर जी हजूरलाई हामिनै मिल्यौं उल्लु भनाउँने अब तपाइलाई धेरै महंगो पर्छ।आजको एक अप्रिल ।”प्रहरिले अलिवेर सोंचेर भन्यो”

चर्चामा

सम्बन्धित समाचार