• होमपेज
  • कला /साहित्य
  • शाहीका केही यथार्थपरक साइनोहरू

शाहीका केही यथार्थपरक साइनोहरू

  • सोमवार, चैत्र २०, २०७९
शाहीका केही यथार्थपरक साइनोहरू

१.
परिश्रमी महावीर
दृष्टि छर्ने ति सन्दुक
उज्यालो दिने कुलमान ।
२.
देश डुब्यो चिन्ता छ
हड्डीमा भुले स्यालहरू
कसले सुन्ने सत्य कुरा ?
३.
बढेछन् धुन्धुकारी
जताततै अत्याचारी
रमाउँदैछन् भ्रष्टचारी ।
४.
जिताएकै हौँ मुसो
विश्वास भएन उसैको
मान्छे खोज्दै छु देश हाँक्ने ।
५.
चिँ मुसो गर्जियो त्यो
सिहँ हुँ पो भन्छ बाबै
हिजो चोरेरै खान्थ्यो दाना ।
६.
ए देशभक्ति सलाम
कुरौटेलाई लगाम
देशद्रोहीलाई फलाम !
७.
चर्कियो नाराबाजी
छर्कियो नुन र चुक
थर्कियो खुब गल्लीचोक ।

चर्चामा

सम्बन्धित समाचार