मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जहिल्यै पनि भ्रष्टचारिको सम्मान हुन्छ

जहिल्यै पनि भ्रष्टचारिको सम्मान हुन्छ

  • बुधबार, चैत्र २९, २०७९
जहिल्यै पनि भ्रष्टचारिको सम्मान हुन्छ

जहिल्यै पनि भ्रष्टचारिको सम्मान हुन्छ,
न यिनिमाथि कानुन् न सम्विधान हुन्छ।

नियम कानुन् बदलिन्छ ल्याउँन बिदेशी,
बिदेशि बजारमा देशका नौजवान हुन्छ।

किन मरिहत्य गर्छौं भोट दिनलाई हामी,
न त देशको लागि केही योगदान हुन्छ।

जसलाई हामिले पठाउँछौं देशको लागि,
त्यो सँग दन्ते कथा र थुप्रो उखान हुन्छ।

यो देश श्रीलङ्का,सिक्किम बन्न थाल्यो,
भासनमा स्युइटजरलैण्डको रटान हुन्छ।

भन्छन् देशलाई टुक्रा टुक्रा पार्नेहरू सधै,
अब नेपाल रहँदैन कुनैदिन जापान हुन्छ।

चर्चामा

सम्बन्धित समाचार