मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • असी काे शुभकामना

असी काे शुभकामना

  • शनिबार, बैशाख २, २०८०
असी काे शुभकामना

नयाँ बर्षकाे शुभकामना
तिमिलाइ शुभकामना
तिमी उमङग लिएर आउँ
निरास बनेर नआउँ
तिम्रो आगमनले खुसि छाउनु पर्छ।
असी साल तिमिलाई शुभकामना !!

बिगत का बर्ष बिते
जब तिमी जान्छौं
मृत्यु पछि काे घर जस्तै हुन्छ
सयौं का आँसु र पसिना ले भिजेको हुन्छ
रुंदै जीवन काटिरहेका बस्ति का पीडा
भाेका पेटहरु
नाङ्गा शरिरहरु
मा निरासा मात्रै थियाे ।
उमङगहरु ,आषा र भराेसा टुटेका थिए!!

तर याे बर्ष
चकनाचुर भए का सपनाहरु पलाउन
सबै मा सुख काे अनुभुती हाेस
सबै बर्ग काे रक्षा हाेस
प्राकृतिक प्रकाेप र
महामारी सँग पाैठेजाेरि खेल्ने शक्ति मिलाेस
सयौं युवाहरू बाकस मा फर्किने
ब्यबस्था काे अन्त्य हाेस
राेजगारि ,स्वास्थ र शिक्षा मा सराेकारहरु काे
ध्यान पुगाेस
बिदेशि भुमिमा रगत र पसिना बगाउन
बाध्य नेपाली हरु
छिट्टै आफ्नाे प्याराे देश फर्किने
बाताबरण मिलाेस
रास्टघाति ,भस्टचारि र दलाल हरुकाे
अन्त्य हाेस
महङगि नियन्त्र हाेस
राजनीति अन्याेलता हटाेस
मातृभुमि काे रक्षा हाेस
गरिवहरुलाई न्याय मिलाेस
देशमा उध्याेगधन्दाहरु काे बिकास हाेस
पानी बेच्ने काम
जमिन बेच्ने काम
नागरिकता बेच्ने काम
बन्द गरियाेस
सहिद हरुकाे सम्मान हाेस
बेपत्ता नागरिक काे खाेजि हाेस
तिनिहरुकाे परिवारलाई क्षतिपूर्ति मिलाेस
जातजाति र भाषालिङ्ग काे
विभेद हटाेस
जातियता र सङघियताकाे नाममा
रास्ट सिध्याउने खेल बन्द हाेस
सम्पूर्ण नेपाली नागरिक हरुकाे
बलियो एकता हाेस
दुख र सुख मा रमाउदै
सबै नेपाली हरुमा
खुसि नै खुसि छाआवस
२०८० सालकाे शुभकामना !!!

चर्चामा

सम्बन्धित समाचार