सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका भूकम्प पीडित चिसो पालमुनि रात काट्दै

बाजुराका भूकम्प पीडित चिसो पालमुनि रात काट्दै

चिसोले बालबालिका र बृद्धबृद्धा प्रभावित

  • आइतवार, मंसिर ३, २०८०
बाजुराका भूकम्प पीडित चिसो पालमुनि रात काट्दै

बाजुरा‍‍– असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घरबार बिहिन भएका बाजुराका भुकम्प पिडीत बालबालिका र बयबृद्ध बिरामी पर्न थालेका छन । पालमा बस्नुपर्ने समस्याले चिसो बाट ग्रसित भएका छन् ।
खप्तड छेडेदह गाउँपालिका ५ डोगडीकी ६२ बर्षिया साउने शार्की चिसो पालमा बस्दा उनि बिरामीले थलिएका छन् । उनलाइ चिसोले टाउको दुख, ज्वरो आउने, खोकी लाग्ने लगायत समस्याले पिरोलि रहेको छ । साउने शार्कीको १३ जनाको परिवार रहेको छ उनका कोही पालमा बस्छन त कोही बाख्राको खोरमा बस्ने गरेका छन । चिसो मौसमा आफु दमको बिरामी चिसोले झनै समस्या भएको साउनेले बताए ।
पटक पटक भुकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानिय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांस भुकम्प पिडीतहरुको बास खुला आकाशमा हुदै आएको छ । पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् ।
साउने जस्तै बाजुरामा धेरै जना बिरामीले थला पर्न थालेका छन । सोही वडाकी दाँया शार्कीले बच्चा जन्माएको १९ दिन भएको छ । उनले आफु र बच्चाले न्यानो नपाएको कारण बिरामी भएको वताईन् । उठ्नै नसिकने, टाउको दुख्ने र जन्मीएको बच्चाले दुध समेत खुवान नसकेको बताइन । त्यस्तै बसन्ती देबी सुनार नाबालक शिशु सहित उनको परिवार पालमुनी बस्नुपर्ने भएकोले बच्चाहरु बिरामी हुन थालेको बताइन ।
खप्तड छेडेदह गाउँपालिका ५ की मनकला शार्कीले भनिन् “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि खुला आकाशमै बस्नुपरेको वताईन् । कुनै पनि निकायबाट अहिलेसम्म पाल लगायतका सामग्री नपाएको उनको गुनासो रहेको छ । सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन उनले भनिन ।
बाजुरामा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर पुर्ण रुपमा क्षती भएको भएपनि सबैलाइ पालको ब्यबस्थापन मिलाउनै समस्या भएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । केही संघ सस्थाहरुले थोरै थोरै राहत साम्रगी पालहरु दिएको भएपनि यहाका नागरिकको आवस्यकता अनुसार पाल र राहत दिन नसकेको बताएका छन । घर भत्तकीएका नागरिकहरुलाई सामान्य पालहरु दिएको भएपनि घरहरु चर्किएका नागरिकहरु समेत खुला ठाउँमा बस्दै आएकोले उनिहरुलाई केही राहत दिन नसकेको अध्यक्ष रावतले बताए । गाउँपालिकामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको अध्यक्ष रावतले बताए ।
बाजुराका भुकम्प पिडित अहिले चिसो पालमा रातकाटि रहेका छन । चिसो पालमा गर्भवती, सुत्केरी र वालवालिका र बृद्ध बृद्धा सबैभन्दा बढी प्रभाबित भएको स्वास्थ्य कर्मीहरुले बताउने गरेका छन । पटक पटक आइरहने भुकम्पको पराकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षेति भएको जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्याकंममा उल्लेख गरिएको छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । भुकम्पले बाजुरामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासनको तथ्याकं रहेको छ ।
पुर्ण रुपमा सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
मानवीय क्षति नभए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका बाजुराका भुकम्प प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् ।

चर्चामा

सम्बन्धित समाचार